झापा, पाैष १६ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ काे समन्वयमा २ दिवसीय युवा नेतृत्व विकास तालिम (लिडरशिप एकेडमी) बुधबार बुद्धशान्तिमा सम्पन्न भएकाे छ ।
सहारा नेपाल केन्द्रीय कार्यालय बिर्तामोडको आयोजनामा ग्लोबल लर्निङ ल्याब इन्टरनेसनलकाे सहयाेगमा तालिम संचालन भएकाे हाे ।
बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अनिल वाग्लेको अध्यक्षतामा भएकाे तालिमकाे सहजिकरण सहजकर्ता विनाेद दाहाल र कुशुम उप्रेतीले गर्नुभएकाे थियाे ।
सहारा नेपालका संचालक समिति सदस्य ध्यान बहादुर भारतीले कार्यक्रमकाे औचित्यमाथि प्रकाश पार्नुभएकाे थियाे ।
उहाँले यो उमेरका युवा भाइ बहिनिहरू लाई सही दिशामा डोर्याउन नसक्दा र साथीभाइको दबाब, अभिभावकसँग संवादको कमी, डिजिटल माध्यममार्फत सहज पहुँच र पढाइ एवं जीवनको बढ्दो मानसिक तनावले विद्यार्थीलाई गलत बाटो रोज्न बाध्य समेत बनाइ रहेको बताउनु भयो ।
कार्यक्रममा बुद्धशान्ति १ का वडा अध्यक्ष वाग्लेले कार्यक्रम दिएर वडालाई सहयाेग गर्ने संस्था सहारा नेपाललाई धन्यवाद दिनुभयाे । उहाँले युवा समस्या देखाउने भन्दा पनि समस्या समाधान गर्न सक्ने हुनुपर्ने बताउनु भयाे ।
उहाँले दिगाे विकास लक्ष्यसँग सम्बन्धित तालिम अहिलेकाे समयमा अति नै आवश्यक भएकाे समेत वताउनु भयाे ।
तालिममा वडा नम्बर १ सहित बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, राेङ गाउँपालिका र सुर्योदय नगरपालिकाका १८ देखि ३५ बर्ष उमेर समूहका ४० जनाकाे सहभनगिता रहेकाे थियाे।
कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य सुमित्रा रसाइली, वडा नम्बर २ की सदस्य विमला बिस्वकर्मा, सहाराका प्रेम उप्रेती लगायतकाे आतिथ्यता थियो । तालिम एकदमै फलदायी रहेकाे सहभागीले बताएका छन् ।
तालिममा सहभागी हुनु भएका सहभागिहरूलाई कार्यक्रममका सभा अध्यक्ष वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले, वडा नम्बर १ का वडा सदस्य सुमित्रा रसाइली, वडा नम्बर २ की सदस्य विमला बिस्वकर्मा, सहाराका प्रेम उप्रेती, सहजकर्ता कुशुम उप्रेती, विनाेद दाहाल लगायतले सहभागीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियाे ।





















संस्थाका अध्यक्ष पुष्पप्रसाद रिजालको अध्यक्षतामा भएको साधारणसभामा ज्येष्ठ शेयर सदस्य यमनाथ बिमलीको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारणसभाकै अवसर पारेर नयाँ सञ्चालक समिति समेत चयन गरिएको छ । नवगठित सञ्चालक समितिको अध्यक्षमा पुनः पुष्पप्रसाद रिजाल चयन हुनु भएको छ । त्यस्तै उपाध्यक्षमा योगेन्द्र चिमरिया, सचिवमा भक्तिप्रसाद भट्टराई, कोषाध्यक्ष हेमन्तमणि रेग्मी चयन हुनु भएको हो । त्यस्तै सदस्यहरुमा लक्ष्मी ढकाल, सुधीर सत्याल र चेतमणि पोखरेल सर्वसम्म रुपमा चयन भएको निर्वाचन समिति संयोजक रामकुमार तिम्सिनाले बताउनु भयो ।
त्यस्तै लेखा समितिको संयोजकमा धर्मेन्द्र भट्टराई चयन हुनु भएको छ भने भने सदस्यहरुमा अर्जुन पोखरेल र पवित्रा पोखरेल चयन भएका निर्वाचन समितिका सदस्य ललित प्रसाद ढुंगेलले बताउनु भयो । आदर्श नमुना सामुदायिक वनको पर्यटकीय क्षेत्रमा भएको साधारणसभामा विभिन्न बिधामा उत्कृष्ट हुनेहरुलाई सम्मान समेत गरिएको थियो ।

खुल्ला ५, महिला ३ र एक जना युवा प्रतिनिधिका लागि क्षेत्र नं. २ मा निर्वाचन भएको थियो । निर्वाचनमा २७ जना उम्मेदवार बनेका थिए । कोशी प्रदेशका खानेपानी तथा सिँचाई मन्त्री एकराज कार्की १७१६ सर्वाधिक मतसहित निर्वाचित भएका हुन् ।


पहिलो चरणमा शिक्षा, आवास, खाना, स्वास्थ्य जाँचदेखि पूर्ण स्वास्थ्य बीमा सम्मका सेवा प्रदान गरिएको छ । अध्यक्ष स्याङ्वोका अनुसार यो योजना दुई वर्षअघि सुरु गरिएको ‘एक रुपैयाँ बचत कार्यक्रम’ र पछिल्ला ६ महिनाको तयारीपछि लागू गरिएको हो । पालिकाले वार्षिक १० लाख रुपैयाँ बजेट छुट्याएर दीर्घकालीन रूपमा बाल संरक्षण कार्यक्रम अघि बढाएको छ ।
उपाध्यक्ष विश्णु माया खवासले प्रत्येक विद्यार्थीको नाममा बैंक खाता खोल्दै नियमित बचत थालिने, भविष्यमा करिब पाँच लाख रुपैयाँ बराबरको कोष बालबालिकाकै नाममा रहिने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार चौहानले अभावले अवसर रोक्न नपरोस् भन्ने उद्देश्यसहित यो कार्यक्रम मानवतापूर्ण सामाजिक कदम भएको बताउनुभयो ।


इलाका प्रहरी कार्यलय बुधबारे साथै ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा बुद्धशान्ति क्षेत्रमा पर्ने मेचि राजमार्गमा अत्याधिक सवारी दुर्घटना साथै ट्राफिक जामभई आवातजावतमा समस्या सिर्जना हुने ठाँउमा जेब्राक्रस निर्माण गरिएको बुधबारे जेसिजका अध्यक्ष सुजित बरालले जानकारि दिनु भयो हो ।
बुधबारे जेसिजका अध्यक्ष सुजित बरालको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी, पूर्ण खोप सुनिश्चितता तथा दिगोपन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगरका सचिव डा. यदुचन्द्र घिमिरे बाट बुद्धशान्ति गाउँपालिकालाई समान पत्र प्रदान गरिएको यादवले बताउनु भयो ।
बिदाइ कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं , उपाध्यक्ष भवानी खतिवडा, विभिन्न वडाका वडाअध्यक्ष, जनप्रतिनिधि , स्वास्थ्यकर्मी, लगायतले डा. चौधरीले कार्यकालको दौरान बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य सेवाको गुणस्तर सुधारमा पुर्याएको योगदानको प्रशंसा गर्दै उहाँप्रति आभार व्यक्त गरे। साथै, उहाँको आगामी जीवनयात्राका लागि सफलताको शुभकामना समेत व्यक्त गरिएको थियो ।
सोही अवसरमा अस्पतालमा सेवामा संलग्न हुनुभएका डा. एरिक बास्कोटा र डा. नितेश कुमार दासलाई स्वागत गरिएको छ।

